Shittalpati
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकाले युनाईटेड मिसन अस्पताल तानसेनलाई १६ लाख १४ हजार बराबरको कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगर सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।

विभिन्न २६ प्रकारका प्रतिकार्यका स्वास्थ्य सामग्रीहरु तानसेन नगर सरकारका प्रमुख अशोक कुमार शाहीले युनाटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारकलाई हस्तान्तरण गरेका छन् । नगर भित्र सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको लागि तानसेन नगरपालिकाले विभिन्न दाताहरुसँग पहल गर्दै स्वास्थ्य सुरक्षा समाग्री वितरण गर्दै आएको छ ।

नगर सरकारले युनडिपी, ताईपेई बुद्धिस्थ संस्था, चिनको लसान नगरपालिकासँग स्वास्थ्य सामग्रीहरुको लागि पहल गरिरहेको नगर प्रमुख शाहीले बताए । नेपाल सरकारबाट अनुमती प्राप्त भएमा तत्कालै चिनको लसान नगरपालिकाबाट ५० हजार खोप झिकाई नगरवासीहरुलाई तत्कालै खोप लगाउन सकिने गरी कुराकानी भएको नगर प्रमुख शाहीले बताए । सरकारले अनुमती नदिदा सबै नगरवासीलाई खोप लगाउने वातावरण नबनेको नगर प्रमुख शाहीको भनाई छ ।

कोरोना सक्रमित भएका नगरवासीहरुलाई नगर सरकारले अबका दिनमा अक्सिजन कमि भएका विरामीहरुको लागि घर–घरमा अक्सिजन सिलिण्डर उपलवब्ध गराउने नगर प्रमुख शाहीले बताए । उनले पालिकाले सञ्चालन गरेको आईसोलेसनमा उपचारको लागि आउने सबैलाई निःशुल्क रुपमा उपचार गर्दै आएको बताए । तानसेन नगर भित्र केही समय अक्सिजनको अभाव भए पनि अहिले पर्याप्तमात्रामा रहेकाले नगरवासीको आवश्यकता अनुसार उपलब्ध गराउन सकिने नगर प्रमुख शाहीले जानकारी दिए ।

नगर उप प्रमुख लक्ष्मीदेवी पाठकले मिसन अस्पतालले लामो समयदेखी पाल्पाको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्‍ याएको, तानसेनको एउट इतिहास बनेको अस्पताललाई सहयोग गरेको बताईन् । पैसा भएका नभएका सबै विरामीले मिसन अस्पतालमा सहज रुपमा उपचार पाउदै आएको नगर उप प्रमुख पाठकले बताईन । कार्यक्रममा अस्पतालकी निर्देशक डा. कारकले सबैको सहयोगबाट नै कोभिड १९ लाई परास्त गर्न सकिने भएकाले सहयोगी संस्था नगरपालिका र सि.आर.एसलाई धन्यवाद दिईन । स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update