Shittalpati
पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते

सीमा भट्टराई
पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय ४० जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५४ जना महिला र ८६ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ८६, रैनादेवी छहरा गाउँपालिकाका ३३, माथागढीका गाउँपालिका ३,रामपुर नगरपालिका,निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका एक÷एक जना , बगनासकाली गाउँपालिकाका १० जना, तिनाउ गाउँपालिकाका ४ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ७ सय ७ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय ४८, रामपुरका ३ सय २, पूर्वखोलाका २ सय ८४, रैनादेवी छहराका २ सय ३३, रम्भाका १०५, बगनासकालीका २ सय ४, तिनाउका ९८, रिब्दीकोटका १११, निस्दीका १ सय २८ र तानसेनका १ हजार ९४ जना संक्रमितले कोरोना जितेका छन् ।

             २ सय २१ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ४२ र एन्टिजेन परीक्षणमा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय ९० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ५३ जना, माथागढीका २४, रामपुरका ३, पूर्वखोलाका १, रैनादेवी छहराका १०, बगनासकालीका १, रिब्दीकोटका ५, निस्दीका ४५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४ पुगेको छ । जसमा १ हजार २ सय ३४ जना महिला र २ हजार ४ सय ७० जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा ७९ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ४६ जनाको परीक्षण गरिएकोमा ३९ महिला र ४० पुरुष गरी ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १४, निस्दीका १३, रिब्दीकोटमा ४, तिनाउका ५, बगनासकालीका १८, रम्भाका १७, रैनादेवी छहराका ३,पूर्वखोलाका १ र माथागढीका ४ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ६ सय ३५ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ६७ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ६५ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् भने ७४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update