Shittalpati
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ७ मा रहेको रहवास स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि सेवा बन्द गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । रहवासबाट वैशाख २९ गते गरिएको १४ जनाको स्वाव परीक्षणका क्रममा १३ जनामा पोजिटिभ रिपोर्ट आएको थियो ।
जसमा रहवास स्वास्थ्यचौकी का ५ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । स्वास्थ्यचौकीबाट नियमित रुपमा प्रदान गरिदैं आएको स्वास्थ्य सेवा बन्द गरि आकस्मिक सेवा मात्र सञ्चालन गरिने स्वास्थ्यचौकीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update