Shittalpati
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र ४१ जना पुरुषले कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ३८, माथागढी गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाका ३/३, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका एक /एक, बगनासकाली गाउँपालिकाका १३, रिब्दीकोट गाउँपालिका ८ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ५ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ३७ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका ९, माथागढीका ४,रामपुर,पूर्वखोला,रम्भा,रिब्दीकोटका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ६२ पुगेको छ । जसमा १ हजार १ सय ७० जना महिला र २ हजार ३ सय ९२ जना पुरुष रहेका छन् ।कोरोनाका कारण अहिलेसम्म ६७ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ८४ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४ सय ५ जना होम आइसोलेसनमा रहेका छन् भने ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update