Shittalpati
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम

पाल्पा, तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाशाखाद्धारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तालिम दिइएको हो ।

तालिममा आपतकालिन स्वास्थ्य, विश्वव्यापी महामारी, महामारी नियन्त्रण तथा रोकथाम, हावा जन्य रोग, पानी जन्य रोग, खोप, कोभिड १९, मनोसामाजिक प्राथमिक उपचार, दु्रत स्वास्थ्य लेखाजोखा, सामुदायिक स्वास्थ्य नक्सांकन, मौसमी पात्रो तयारी लगाएतका महत्वपूर्ण विषयहरुमा तालिम दिइएको थियो ।

तालिम कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले रेडक्रसले गरेका काम प्रशंसनिय रहेको बताएका छन् । उनले महामारी नियन्त्रण सम्बन्धी तालिम समय सान्दर्भिक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा शाखाका मन्त्री केशव प्रसाद पौडेल, कोषाध्यक्ष भीमसेन कार्की, बरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, माया पाण्डे लगायतले वर्तमामन अवस्थामा तालिम महत्वपूर्ण बनेको बताए ।

तालिमको शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने बन्दीपोखरा स्वास्थ्य चौकीका प्रमुख दिलिप कार्की, शाखाका कार्यक्रम अधिकृत बिनोद भारती, प्रशिक्षक कलावती दाहाल, सागर के.सी. लगायतले प्रशिक्षण दिएउका थिए । तालिममा २४ जनाको सहभागितामा रहेको थियो । शाखाका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update