Shittalpati
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु

पाल्पा, जिल्लाको तानसेनमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका ३ कि ७२ वर्षीया संक्रमित महिलाको शनिबार साँझा मृत्यु भएको हो ।

उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति महिलामा कोभिडको शंका लागेपछि शनिबार पिसीआर परीक्षण गरिएको थियो । उनको शनिबार नै रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएको केही समयमै उनको मृत्यु भएको जनाइएको छ । योसंगै पाल्पामा कोरोनाबाट मृत्यु हुने संख्या ३८ पुगेको छ ।

हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यस्तै पछिल्लो ६ दिनमा पाल्पामा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेनका ९ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ पुगेको छ । जसमा ५ सय ८० जना महिला र एक हजार ४ सय २९ जना पुरुष रहेका छन् । हालसम्म माथागढी गाउँपालिकामा एक सय ७ जना, रामपुर नगरपालिकामा २ सय ६८ जना, पूर्वखोला गाउँपालिकामा २ सय ६६ जना, रैनादेवी छहरा गाउँपालिकामा एक सय १५ जना,रम्भा गाउँपालिकामा ९४ जना, बगनासकाली गाउँपालिकामा एक सय ५५ जना, तिनाउ गाउँपालिकामा ७५ जना, रिब्दीकोट गाउँपालिकामा ७८ जना, निस्दी गाउँपालिकामा एक सय १८ जना र तानसेन नगरपालिकामा ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ४४ पुगेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २७ छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ९७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update