Shittalpati
थप ३ सय ३२ जनामा कोरोना संक्रमण

पाल्पा,  पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार छ सय जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । यस्तै २४ घण्टामा ७९ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ । त्यस्तै २ हजार ४ सय ५४ जना आइसोलेसनमा र ७७ जना क्रुवारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ पीसीआर परीक्षण भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update