Shittalpati
१ सय १७ संक्रमित कोरोना मुक्त

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिएका १ सय ७६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन ।त्यस्तै १ हजार ६ सय ७२ जना आइसोलेसनमा र ५७ जना क्रुवारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८५ हजार २ सय ८८ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update