Shittalpati
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा १ सय ६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update