Shittalpati
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

पाल्पा, तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो । लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि.का आँखा तथा दन्त रोग चिकित्सक तथा प्राविधिक सहितको टोलिले विद्यार्थीहरु आँखा तथा दाँतको परीक्षण गरेका थिए । विद्यालयमा अध्ययनरत १ सय ३० जना विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिएको क्लवले जनाएको छ ।

शिविरमा १२ जना विद्यार्थीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि प्रभासमा रेफर गरिएको कलजेका भाइस प्रिन्सपल डा.रुबन राजजोसीले जानकारी दिए । शिविरमा क्लवका रोटा वर्ष २०२०÷२१ का प्रिसीडेण्ड रो.निर्दोष खनालले विद्यालयको शैक्षिक स्तरोनतीका लागि विद्यार्थीहरुको स्वास्थ्य राम्रो हुनु नितान्त आवश्यक रहेको भन्दै विद्यालयमा शिविर सञ्चालन गरिएको बताए । प्रिसीडेन्ड रो.खनालले यदि विद्यार्थीहरुमा आँखा तथा दाँतमा जटिल समस्या देखिएमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि., प्रभासमा निःशुल्क उपचारको चरणवद्धरुपमा विद्यालयसँग हातेमालो गरी शैक्षिक तथा स्वास्थ्य सुधार कार्यलाई व्यवस्थापन गर्ने कुरामा क्लवले विशेष ध्यान दिने बताए । कार्यक्रममा क्लबका सर्भिस प्रोजेक्ट विभागका डाइरेक्टर रो.ममता कोइरालाले शिविरका विषय वस्तुमा जानकारी गराएकी थिइन् । समाजप्रति उत्तरदायी भई क्लवले विद्यालयप्रति देखाएको सहयोग र सद्भावको विद्यालयका प्रधानध्यापक पुष्करनाथ रेग्मी प्रसंसा गरे । कार्यक्रमा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबका एडमिन डाइरेक्टर रो.रमेश न्यौपानेको सञ्चालनमा शिविर कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update