Shittalpati
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास

गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै मन्त्री ज्ञवालीले कोही पनि नागरिक स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्न नपर्ने बताए ।

सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माणको कार्य अगाडि बढाई सकेकाले अब स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपर्ने उनले बताए । मन्त्री ज्ञवालीले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष राधिका अर्याल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ, शसस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक अशोककुमार लम्साल, राष्ट्रिय अनुसन्धान गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक संजय भण्डारी, जिल्ला समन्वय समितिका सदस्यहरु, पररास्ट्र मन्त्रीका स्वकीय सचिव, राजनीतिक दलका प्रतिनिधिहरु, चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अनन्तपाणी मराससिनी लगायतले आ–आफ्ना धारणा राखेका थिए । संघीय सरकारको नीति अनुरुप यस चन्द्रकोट गाउँपालिकामा १८ करोड ६ लाख २७ हजार लागतमा अस्पताल भवन बन्न लागेको हो । ९ रोपनी २ आनामा भवन निर्माण हुनेछ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीको स्वागत, गाउँपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखाका प्रमुख शिव ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको रोजगार संयोजक यज्ञमुर्ति न्यौपानेले जानकारी दिए । सोही अवसरमा निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update