Shittalpati
नेपालमा थप ३ सय ३६ जनामा कोरोना

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update