Shittalpati
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि

पाल्पा,नेपालमा कोभिड –१९ भाइरस कायमै रहेका बेला पुनः नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको जनाएको हो ।

नयाँ भाइरस सक्रमण देखिएका तीनै जना पुस पहिलो साता बेलायतबाट फर्केको जनाइएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो ।

तीन जना मध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भैसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको हो ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update