Shittalpati
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना

पाल्पा, पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पाण्डेलाई जिल्लाका नागरिकहरुको स्वास्थ्य सेवामै खटिरहेका बेला कोरोना संक्रमण भएको हो ।

पाल्पामा अहिलेसम्म एक हजार ८ सय ६९ जना कोरोना संक्रमित भएका छन् । जस मध्ये एक हजार ७ सय ७६ निको भएका छन् । पाल्पामा कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ६० पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ६० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update