Shittalpati
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज

पाल्पा, नेपालमा आइतबार २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो केही समय यता नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो । दैनिक जसो संक्रमित हुनेको भन्दा निको हुनेको दर बढेको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । आइतबारको तथ्याङ्कले पनि संक्रमण हुनेको भन्दा निको हुनेको दरमा वृद्धि भएको देखाउँछ ।

आइतबार थपिएका २ सय ६६ कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । यस्तै थप चार सय निको भएसँगै २ लाख ६१ हजार ४ सय ४४ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म २० लाख १२ हजार ४५२ जनाको आरटी पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको छ । आइतबार थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय १९ छ । यस्तै २ सय २१ जना क्वारेन्टिनमा छन् भने ३ हजार ९ सय १९ जना आइसोलेसनमा छन् ।

 

 

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update