Shittalpati
९७.२ प्रतिशत संक्रमित निको भए

काठमाडौं । नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले गत बुधबारदेखि आइतबार सम्म दुई हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सो अवधिमा तीन हजार १ सय ८२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पाँच हजार ८ सय जनाको नमूना परीक्षण गर्दा ४ सय २१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १ सय ६०) १ सय ९७ जना कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ सय ३७ जना निको भएका छन् । गत बुधबारदेखि आइतबार सम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ । –रासस

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update