स्वास्थ्य

बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि

Shittalpati Reporter

पाल्पा । पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा तानसेन नगरपालिका तथा यहाँका अस्पतालका १२ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, माथागढी गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ९ पुगेको छ । संक्रमित मध्ये १ हजार २ सय ३७ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ पछि उनीहरुले कोरोनालाई जितेका हुन् ।  पाल्पामा अहिलेसम्म २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ५१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ७ सय ८९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७५ जना स्वास्थ्यकर्मी रहेका छन् ।


प्रकाशित मिति: बुधवार, मंसिर १०, २०७७, ०४:३६:००
प्रतिक्रिया दिनुहोस्