Shittalpati
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त

पाल्पा । पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिला कोरोना संक्रमण मुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ३७ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी पाल्पामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिका र अस्पतालका ८ जना, रामपुर नगरपालिका २ जना र रैनादेवी छहरा गाउपालिकाका १ जना गरी जम्मा ११ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । योसँगै पाल्पामा एक हजार ४ सय ८४ जना कोरोना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update