Shittalpati
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका हुन् । कोरोना जितेकाहरु विभिन्न आइसोलेशन र होमआइसोलेशनमा रहेका २१ जना पुरुष र १७ जना महिला रहेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या एक हजार एक सय ९३ पुगेको छ ।

यस्तै पाल्पामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १६ जना महिलामा संक्रमण पुष्टि भएको हो । तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा तानसेन नगरपालिकाकाभित्रकै मात्र ३० जना रहेका छन् । त्यस्तै माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोलाका २ जना, बगनासकालीकाका २ जना, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका १/१ जना संक्रमित थपिएका छन् । यससँगै पाल्पामा कुल संक्रमितको संख्या एक हजार ४ सय ६३ पुगेको छ । पाल्पामा अहिलेसम्म १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ५१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ७ सय ५३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update