Shittalpati
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार र शुक्रबार प्राप्त विवरण अनुसार १५ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा माथागढी, बगनासकालीका एक ÷एक जना, रामपुरका ४ जना र तानसेनका १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४ सय २४ पुगेको छ । जिल्लामा अहिलेसम्म एक हजार एक सय ५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

पाल्पामा अहिलेसम्म १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ५० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ७ सय १४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update