Shittalpati
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु

पाल्पा । पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनको बुधबार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्य भएको हो ।

दमबाट ग्रसित ती महिलालाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उनको आइशोलेसनमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update