Shittalpati
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ  । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८ सय ९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ अझै पनि १ लाख ३२ हजार व्यक्ति सक्रिय संंक्रमित रहेका छन् । यहाँ ४३ हजार ४६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् । –रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update