Shittalpati
पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते

पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका १३ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिकाका ५, रामपुर नगरपालिकाका ४, निस्दी गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ३ जना संक्रमितले कोरोना जितेका छन् । योसँगै जिल्लामा कोरोनाबाट निको हुनेहरुको संख्या ८ सय ७१ पुगेको छ । जिल्लामा १ हजार १ सय ४ कुल संक्रमित मध्ये माथागढी गाउँपालिकाका ४८, रामपुर नगरपालिकाका १ सय ७०, पूर्वखोला गाउँपालिकाका १ सय ७५, रैनादेवी छहरा गाउँपालिकाका ५२, रम्भा गाउँपालिकाका ६८, बगनासकाली गाउँपालिकाका ५४, तिनाउ गाउँपालिकाका ४२, रिब्दीकोट गाउँपालिकाका २९, निस्दी गाउँपालिकाका १ सय ५, तानसेन नगरपालिकाका र अन्य अस्पतालमा १ सय २८ जना संक्रमित निको भएका हुन् ।

यस्तै बुधबार पाल्पामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाको कारण मृत्यु भएको छ । अहिले जिल्लमा कुल सक्रिय संक्रमितको संख्या २ सय २३ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ९४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६० जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update