Shittalpati
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो

पाल्पा । पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् । सांसद पाण्डेले पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुँवरलाई उक्त किट हस्तान्तरण गरेका हुन् । किट हस्तान्तरण गर्दै सांसद् पाण्डेयले निकै जोडबलका साथ बजेट विनियोजन गरि प्रयोगशाला सञ्चालनमा ल्याउन आफुहरु सफल भएको बताए । उनले जिल्लामा किट अभावमा परीक्षण कार्य नरोकियोस् भन्ने उद्देश्यले किट आफै लिएर आएको जानकारी दिए ।

उक्त किट ग्रहण गर्दै अस्पतालका अध्यक्ष नेत्र पाण्डेयले बजेट अभावका कारण प्रयोगशाला सञ्चालनमा समस्या भएको बताए । उनले जिल्लाका केही स्थानीय तहहरुले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए पनि सहयोग नगरेको दखेसो पोखे । यस अघि पनि सांंसद पाण्डेयको पहलमा झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री ल्याइएको थियो । प्रयोगशाला सञ्चालनमा आएपछि अहिले पाल्पा लगाएत छिमेकी जिल्लाहरुको कोरोना परीक्षणमा सहजता आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update