Shittalpati
रुपन्देहीमा दुई संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ । मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको डा. गौतमले जानकारी दिए । यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसुलेशनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि बुधबार बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । –रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update