Shittalpati
पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको

पाल्पा । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार देशभर २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका हुन् । देशभर डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय नौं पुगेको छ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर ४१ हजार सात सय ५५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार दुई सय २० जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update