Shittalpati
नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालयको शनिबारको नियमित प्रेस ब्रेफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका एक हजार ८ सय संक्रमित डिस्चार्ज भएको बताएका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार ८४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो ।

प्रवक्ताका अनुसार नेपालमा थप तीन हजार एक सय ६७ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४ सय ३८ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ७ सय १५ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update