Shittalpati
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार १ सय ५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । प्रवक्ता डा.गौतमका अनुसार मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update