Shittalpati
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी

पाल्पा । नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई पाँच सय लिटरको पानी ट्यांकी र सेनिटाइजर सहयोग गरेको हो । संघका पूर्व केन्द्रिय सदस्य तथा विद्यालयका पूर्व शिक्षिका मिना पन्थीको शौजन्यमा उक्त टंकी वितरण गरिएको संघले जनाएको छ । पाल्पामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि संघले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरु पनि संक्रमणको उच्च जोखिममा रहन सक्ने भन्दै उच्च सर्तकताका लागि सेनिटाइजर सहित पानी टंकी वितरण गरेको हो ।

टंकी संघका जिल्ला अध्यक्ष धनकला गाहा, सचिब अशोक घिमिरे, संघका प्रदेश सदस्य नन्दा ज्ञवाली ,सह–सचिव टुन विर रेस्मी ,सदस्य लोकनाथ अधिकारी, पूर्व प्रअ दिलबहादुर शाक्य,पूर्व शिक्षक तथा शिक्षक संघका सस्थापक सदस्य पुष्करराज रेग्मी, सहायक प्रअ शिव आचार्य , नेपाल शिक्षक संघ नगर कमिटीका उपाध्यक्ष कमल अर्याल ,विद्यालयका शिक्षक गोविन्द न्यौपाने, रिता राना र प्रअ कृष्ण मल्ल लगायतको उपस्थितीमा वितरण गरिएको नेपाल महिला संघकी नेतृ तथा शिक्षक संघकी पूर्व केन्द्रिय सदस्य मिना पन्थीले बताईन् ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update