Shittalpati
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य

पाल्पा, भदौ २५/पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार साझाँ यो रिपोर्ट आएको थियो । जिल्लाको तानसेन नगरपालिकामा १७, रम्भा गाउँपालिकामा ९ जना, विभिन्न अस्पताल उपचाररत ३ जनामा र पूर्वखोलाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमति मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन् । तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका विभिन्न वडाका दुई जना वडाध्यक्ष र चार जना वडा सदस्य रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तानसेन वडा नं. २ का दुई, वडा नं. २ का एक, वडा नं. ६ का एक, वडा नं. ७ का तीन, वडा नं. ८ का दुई, वडा नं. ९ का एक, वडा नं. १० को चार, वडा नं. ११ को एक र वडा नं. १२ को दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

 

तानसेन प्रवेश गर्नेहरुका लागि पिसिआर रिपोर्ट अनिवार्य

त्यस्तै तानसेन नगर सरकारको आकश्मिक बैंठक बसेको छ । नगर प्रमुख अशोक कुमार शाहीको सभापतित्वमा बसेको बैठकले विभिन्न खाले नयाँ निर्णय गरेको छ । तानसेन नगर पालिकाका वडाअध्यक्ष र तीन जना वडासदस्यहरुमा कोभिड १९ पोजेटिभ देखिए पछि नगरकार्यपालिकाको वैठकले तानसेन प्रवेश गर्ने जो कोहीलाई पनि पिसिआर रिपोर्ट देखाएर मात्र नगरप्रवेशमा अनुमति दिने किसिमको व्यवस्थाका लागि पाल्पाको सिसिएमसी समक्ष अनुरोध गर्ने, नगर भित्रका सबै अस्पताल र स्वास्थ्यसेवी संस्थाहरुको नियमित अनुगमन र निरीक्षण गर्न माग गर्ने भएको छ ।
। हाल रोगले भन्दा भोकले मानिसहरु पिडित भएकाले बजार बन्द गर्ने र तानसेनका नाकाशील गर्ने अवस्था तत्कालै गर्दा आम सर्वसाधारणमा झन जटिल समस्या पर्ने भएका कारण व्यवसायी तथा सरकारी कार्यालयहरुले दैनिक कार्यसम्पादन गर्दा सेवाग्राही र कर्मचारी समेतको स्वास्थ्य सुरक्षाको राम्रो प्रवन्ध गरेर कार्यसम्पादन गर्ने विषयमा पनि व्यापक छलफल भएको तानसेन नगरप्रमुख अशोक कुमार शाहीले शित्तलपार्टी डटकम संगको कुराकानीमा स्पष्ट पारे । नगर प्रमुख शाहीले भने ‘कोभिड १९ पोजेटिभ देखिएका वडा १२ का वडाअध्यक्ष र वडा १० का सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरु सबैलाई घरमै सर्तकता साथ रहन र स्वास्थ्यमा थप समस्या भएमा जानकारी दिन आग्रह गरिएको छ ।’
नगरप्रमुख शाहीका अनुसार संक्रमित चारै जना जनप्रतिनिधीको स्वास्थ्य अवस्था सामान्य र उनीहरुमा कुनै पनि लक्षण देखिएको छैन । नगरकार्य पालिकाको बैठकले कार्यपालिका सदस्य समेतका संक्रमित जनप्रतिनिधिहरु मंगलवार भएको कार्यपालिकाको बैठकमा सहभागी भएको हँुदा नगरकार्यपालिकाका सबै पदाधिकारी, नगरपालिकाका कर्मचारी र सबै शाखा प्रमुखहरुको जति सक्दो छिटो स्वावपरीक्षण गर्ने तयारी भएको छ । परीक्षण र स्वावको रिपोर्ट नआएसम्मका लागि शिलै नभने पनि अत्यावश्यक बाहेकका सबै सेवा हाललाई बन्द गरिएको पनि नगरप्रमुख शाहीले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update