Shittalpati
रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन

पाल्पा (रामपुर) । जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो । ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ गत साउन १७ देखि शुक्रबारसम्म सञ्चालन भएको स्तनपान सप्ताहको समापनको अवसरमा नगरपालिकाले कक्ष स्थापना गरेको हो ।
स्तनपान कक्षको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले स्तनपान बालकको सर्वाङ्किण विकासका लागि अपरिहार्य रहेको बताउँदै समयमा स्तपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको बताइन् । उनले कक्षको स्थापनासँगै सहजरुपमा स्तनपान गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सञ्जु परियारले बच्चाको राम्रो वृद्धि विकासका लागि आमाले नियमित पौष्टिक आहार लिनुपर्ने जन्मेलगत्तै बिगौती दूधदेखि २ वर्ष उमेरसम्म आसन मिलाएर दूध खुवाउन हिचकिचाउन नहुने बताइन् । रामपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रामहरी पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नर्सि अधिकृत पुनम धितालले विश्वव्यापी बनेको स्तनपान सप्ताह नेपालमा यसको नियमित सचेतना तथा आवश्यकताका बारेमा स्पष्ट पारेकी थिइन् । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका गिरीराज घिमिरेले गरेका थिए । यसअघि नगरपालिकाले दर्ता तथा चलानी कक्षको रुपमा रहेको कोठामा स्तनपान कक्ष सञ्चालन गरेको हो । स्तनपान कक्षमा बेड, टेवल र कुर्चीहरु राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update