Shittalpati
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

पाल्पा । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । २४ घण्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । २४ घण्टामा ६ हजार ९ सय ९३ परीक्षण गरिएको छ । लकडाउन हटाएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर फेरि बढ्न थालेको छ ।

थप एक जनाको मृत्यु

वीरगञ्जमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ । ति महिलाको उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको थियो । उनको ज्यान जानुभन्दा पहिले नै स्वाब संकलन गरिएको नारायणी अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update