Shittalpati
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल

पाल्पा । प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् । गत आइतबार रामपुर नगरपालिका–७ मा मनबहादुर विकको १३ औं दिनको पुण्यतिथीमा खिर खाएर ७५ जना भन्दा बढी बिरामी भएका थिए ।

रामपुरमा पितृप्रसाद ग्रहण गर्ने क्रममा खिरखादा विरामी भई एलएमसी प्रभासमा उपचार गराई रहेका
विरामीहरुको स्वास्थ्य अवस्था वुझ्दै प्रदेश सांसद वीरबहादुर राना सहितको टोली  ।

 

बिरामी मध्ये ४८ जना एलमसीमा उपचाररत रहेका छन् । बिरामीको अवस्था बुझ्न सांसद राना सहित नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिं कार्की, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई अस्पताल पुगेका थिए । अस्पतालमा उपचार गराई रहेका सबैको अवस्था बुझ्नुका साथै उपचारपछि निको भएकालाई घरसम्म जाने व्यवस्था र उपचारका क्रममा भएको खर्च व्यवस्थापन गर्ने काम भए नभएको विषयमा समेत सांसद रानाले बिरामीलाई प्रत्यक्ष भेटेर सोधपुछ गर्नुका साथै घटना दुखद भएको बताए । उनले पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षसँग आग्रह गर्ने बताए । उनले भने ‘गरिब र विपन्नहरुका लागि आवतजावत खर्चको व्यवस्थापन, स्वास्थ्य बीमा नभएकाको तत्काल बीमा गर्नुपर्ने अवस्था देखिएको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update