Shittalpati
पाल्पामा थप २ जनामा संक्रमण, संक्रमितको संख्या ५ सय ३६ पुग्यो

पाल्पा । जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । बगनासकाली गाउँपालिकाका थप २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५ सय ३६ पुगेको हो । आईतबार प्रदेश प्रयोगशाला रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ता अघि भारतबाट आएर वडा नं ९ चापपानीको चन्द्र माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक जनामा संक्रमण देखिएको हो । अर्को एक जनाको भने ठेगाना खुल्न नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । योसँगै बगनासकालीमा संक्रमितको संख्या ३७ पुगेको छ । अहिलेसम्म जिल्लामा ४४ जना महिला र ४ सय ९२ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस अघि रैनादेवी छहरा गाउँपालिकामा ३८,तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, तिनाउ गाउँपालिकामा ६, रम्भा गाउँपालिकामा ३९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,निस्दी गाउँपालिकामा ९५,माथागढी गाउँपालिकामा २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update