Shittalpati
पाल्पामा थप ४ जनामा कोरोना पुष्टि

पाल्पा जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका २ जना पुरुष र तिनाउ गाउँपालिकाका २ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको हो । ३ हप्ता अघि भारतबाट आएर तिनाउ गाउँपालिका ३ झुम्साको तिलोत्तमा माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका वडा ५ कोल्डाडाँका दुई जनामा पुरुषमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

उनीहरुको अवस्था सामान्य रहेको छ । संक्रमितहरुलाई तानसेनको भूषालडाँडा माविमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । योसँगै तिनाउ गाउँपालिकामा संक्रमितको संख्या ६ पुगेको छ । रामपुर नगरपालिकामा देखिएका दुई जना पुरुष पनि ३ हप्ता अघि भारतबाट आएको पाइएको छ । यो सँगै रामपुरमा संक्रमितको संख्या १ सय १४ पगेको छ । जिल्लामा शुक्रबार ४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय २० पुगेको छ । यस अघि तानसेनमा ११, रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९, रिब्दीकोटमा ५, निस्दी गाउँपालिकामा ९५, बगनासकालीमा २८, माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update