Shittalpati
मनोवैज्ञानिक प्राथमिक उपचार सेवा

बाबुराम कार्की

तनावको अवस्थामा परेका मानिसलाई सहयोग गर्ने सीप हो । मनलाई शान्त बनाउने कुरा हो । मानिसलाई थप हानी हुनबाट जोगाउनु हो । सुरक्षाको प्रत्याभूती दिन, मनलाई शान्त र स्थिर बनाउन सहयोग गर्नु, भावनात्मक सम्वन्धमा वृद्धि गर्नु आशा जगाउनु तत्काल आधारभूत आवश्यकता परिपूर्ती गर्न सहयोग पुर्‍याउन अत्यावश्यक सुचना, सेवाहरु, सामाजिक सहायताको पहुँच पुर्‍याउन सहयोग गर्नु नै मनोवैज्ञानिक प्राथमिक उपचार हो ।
मनोवैज्ञानिक प्राथमिक उपचार किन ?
कोभिड १९ ले विश्वमा महामारीको रुप लिई रहेको छ । कोरोना भाइरसको कारण प्रत्येक मानिसको मन मष्तिस्कमा हलचल मच्चाएको छ । प्रकोप संगै मानिसमा भय डर पैदा गरेको छ । भय डरको कारणले मानिसहरु तवान ग्रस्त अवस्थामा छन् ।
तनावले कारणले गर्दा लामो समय सम्म निद्रा नलाग्ने, अलमलमा परे जस्तो हुने, असामान्य तवरको कुरा गर्ने अत्याधिक मादक पदार्थ एवं औषधीको प्रगोग गर्ने शारीरिक तथा मानसिक असन्तुलन जस्तो देखिने, डर चिन्ता, एकोहोरीने रिस उठ्ने चिट चिट पसिना आइरहने जस्ता समाजमा समस्याहरु देखिन सक्छन् । यस्तो अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार सेवाबाट तनावलाई कम गर्नु नियन्त्रण गर्नु र मुक्त हुन पनि सकिन्छ ।
कहिले र कसका लागि सहयोग गर्न सकिन्छ ?
– संक्रमित व्यक्तिहरु
– संक्रमित व्यक्तिहरुका परिवार र नातेदारहरु
– सुरक्षित स्थल तथा एकान्तबासमा बस्ने मानिसहरु
– संक्रमणबाट निको भैसकेको मानिसहरु
– सेवाको आवश्यकता महशुस गरेका मानिसहरु
कसरी सहयोग गर्ने ?
– प्रत्यक्ष भेटघाट गरेर
– फोन वार्ता गरेर
– भिडियो कल गरेर
– एस्.एम्.एस्, वाट्सएप, म्यासेन्जर बाट सहयोग पुर्‍याउन सकिन्छ ।
क्वारेन्टिन र आइसोलेशनमा बसेकाहरुलाई गर्न सकिने सहयोगहरु
– दुरी कायम गरी मिलेर बस्न लगाउने
– दैनिक कार्यतालिका (बिहानदेखि बेलुका सम्म गरिने क्रियाकलापहरु) को तालिका बनाउने मात्र हैन गर्न लगाउने
– हाँसो लगाउने क्रियाकलापहरुमा जोडि दिने र गर्न लगाउने
– आशा जगाउने कुराहरु नगर्ने
– तनाव व्यवस्थापनका उपायहरु ज्स्तो लामो श्वास लिने छाड्ने, योग, प्रणयम र ध्यान गर्ने क्रमश सिकाउँदै, गर्न लगाउने
– परानुभूतीलाई स्वीकार्ने
स्व हेरचाहका केही उदाहरणहरु
मनिसहरुले आफूलाई तनाव मुक्त भइ स्वस्थ रहनका लागि निम्नानुसारहरुमा ध्यान दिन नितान्त जरुरी छ ।
– सामान्य दैनिक तालिकामा केन्द्रित हुने
– दौतरीसंग मनका कुरा गर्दामा मन शान्त हुन सक्छ त्यसैले दौतरी संग कुरा गर्न प्रयास गर्ने ।
– दिनमा कम्तीमा ३० मिनेट व्यायाम गर्ने
– आराम गर्ने राम्रोसंग निदाउने
– स्वस्थ र सन्तुलित खाना खाने
– मदिरा जन्म तथा लागू औषधी न खाने
– कुनै पनि आफूलाई मनपर्ने क्रियाकलाप गर्ने जस्तो नाच्ने, गाउने, चित्र बनाउने कथा सुन्ने आदि
आवश्यकता अनुसार सहयोग माग्ने
कोभीड १९ का कारणले तनावमा परेका जो सुकैले पनि मनोवैज्ञानिक प्राथमिक उपचार सेवाको आवश्यकता महशुस गर्नु हुनेहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गरि वहाँको उपस्थिति वा फोनबाट सेवा प्राप्त गर्न सक्नु हुनेछ सेवा प्रदान गर्नका लागि नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका निम्नानुसारका स्वयम्सेवकहरु संग सम्पर्क राख्न निम्न मोवाईल नम्बरमा सम्पर्क राख्न सक्नु हुनेछ । मनोवैज्ञानिक प्राथमिक उपचार सेवा दिन सक्षम हुनु हुन्छ ।


(लेखक नेपाल रेडक्रस शोसाइटी पाल्पाका वरिष्ठ कार्यकारी अधिकृत समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update