Shittalpati
तम्घासमा औषधिको अनुगमन

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधि पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधि पसल तथा एक वटा होमियोप्याथिक पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधि पसल बन्द भेटिएको थियो ।

बन्द भएका आयुर्वेदिक औषधि पसल सञ्चालन भएन भएको पत्राचार गरिने जानकारी लिइने स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नरहरि अर्याल नविनले जानकारी दिए । त्यसक्रममा कुनै पनि औषधि पसलहरुमा विरामीको ज्वरो परीक्षण नगरी सेवा प्रवाह गरेको पाइएको छ । सम्पन्न आयुर्वेदिक औषाधालय र त्रिधाम आयुर्वेधिक औषाधालयमा लाइसेन्स बाहिरका एलोप्याथिक औषधीहरु विक्रि वितरण गरिएको पाइएको अर्यालले जानकारी दिए । उक्त औषधीहरु जफत गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ जोखीम न्यूनिकरणका लागि अधिकांशले सावधानी नपनाएको पाइएको उनले बताए । अर्यालले सामाजिक दुरि कायम गरी सेवा प्रवाह गर्न, स्यानिटाइजर, मास्कको उचित प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update