Shittalpati
पाल्पामा थप २ जनामा कोरोना पुष्टि

पाल्पा, जिल्लामा आईतबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण देखिएका रिब्दीकोट गाउँपालिकाका एक जना पुरुष दुई हप्ता अघि भारतबाट आई वडा नं २ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । यो सँगै रिब्दीकोटमा संक्रमितको ५ पुगेको छ । त्यस्तै रामपुर नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै रामपुरमा संक्रमितको संख्या १ सय ११ पुगेको छ । आईतबार २ जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ७३ पुगेको छ ।

यस अघि तानसेन नगरपालिकामा ९ जना,पूर्वखोलामा १ सय ४९, निस्दी गाउँपालिकामा ९५, रम्भा गाउँपालिकामा २२, तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १६ जना निको भई घर फर्किसकेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update