Shittalpati
कोरोना प्रतिकार्य योजना निर्माण

तम्घास । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।

बैठकले जिल्लाका सात स्थानीय तहमा आइसोलेशन वार्ड बनाउने निर्णय गरेको छ । सोअन्तरगत धुर्कोटको बर्बोट, मुसिकोटको वामी, चन्द्रकोटका शान्तिपुर, सत्यवती, रुरुक्षेत्र, छत्रकोट र रेसुङ्गामा वार्ड बनाउने निर्णय गरिएको जिससका सभापति लक्ष्मण पराजुलीले जानकारी दिए । भारतबाट सीमामा अलपत्र नागरिकलाई सम्बन्धित ठाउँसम्म ल्याउनका लागि तत्काल गाडी पठाउने, त्यसरी आएकाहरुलाई न्यूनतम १४ दिनसम्म सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा खानाको व्यवस्था स्थानीय तहले गर्ने तथा बस्नका लागि सम्बन्धित परिवारबाट ओढ्ने, ओछ्याइने कपडा ल्याउन आग्रह गर्ने निर्णय पनि गरिएको छ ।   -रासस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ००:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update