Shittalpati
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्रणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।

वडा नं.५ मा उद्योग सञ्चालन गर्दै आएको कम्पनीले कोरोना रोकथाम तथा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षाकवच पिपिइ प्रदान गरेको गाउँपालिकाले जनाएको छ । कम्पनीका प्रतिनिधि बाबुराम पाण्डेले १० थान पिपिइ गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापालाई प्रदान गरेका हुन् । कोरोना संक्रमण नियन्त्रणमा निरन्तर खट्ने चिकित्सकका लागि आवश्यक सुरक्षाकवच प्रदान गरिएको कम्पनीका प्रतिनिधि पाण्डेले बताए । उनले कोरोना नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मीको मनोबल बढाउन आवश्यक परेमा थप स्वास्थ्य सामग्री समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त पिपिइ ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थापाले कम्पनीले गाउँपालिका प्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यकताका आधारमा उक्त पिपिइ उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update