सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
स्वास्थ्य
हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण

कौरव खत्री
गुल्मी(वामी),बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट आएका नागरिकहरुबाट कोभिड १९ कोरोना भाइरस फैलिन जोखिमबाट बच्न क्वारेन्टाइन निर्माण गरिएको ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर गरेर गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष भण्डारीले बताए । त्यस्तै गलकोट नगरपालिकाका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार क्वारेन्टाइन निर्माण कार्य गरिएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।
त्यस्तै अन्य वडाबाट यस वडाभित्र आउने नागरिकहरुलाई सुरक्षित रूपमा राखेर वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन निर्माण गरी सहजता प्रदान गरेको बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । साथै क्वारेन्टाइनमा राखिने नागरिकको लागि सेनिटाइजर,माक्स,सावुन,ब्रस पेस्ट,ट्रावेल विस्तारा लगायतका आवश्यक पर्ने सामग्रीहरू गलकोट नगरपालिका र गलकोट उद्योग वाणिज्य संघ गलकोटले सहयोग गरेको वडाअध्यक्ष भण्डारीले जानकारी दिए । विशेष गरी भारतबाट आउने नागरिकहरलाई स्वास्थ्य चेक जाँच गरिसकेपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुका लागि समय समयमा स्वास्थ्य चेक जाँच गरिने वडाले जनाएको छ । क्वारेन्टाइन निर्माण भएपछि वडाभित्र स्वदेश तथा विदेशबाट आउने नागरिकहरुलाई व्यवस्थापनमा थप सहज पुग्ने भएको छ ।
थप समाचार

खेलकुद
Follow Us
View our latest news on any of these social networks!