Shittalpati
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग

रमेश विश्वकर्मा
गुल्मी । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।

शुक्रबार उनकी श्रीमतीले आफ्ना श्रीमान् अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छानविनको माग सहित निवदेन दिएकी हुन् । निवेदन मार्फत उनले क्रिसमन अस्पतालबाट गल्ती स्वीकार गरी आगामी दिनमा यस प्रकृतिको गल्ति नगर्ने प्रतिवद्धता व्यक्त गर्न, वृद्ध–बुबा आमा र बालबालिकाको जिवन निर्वाहका लागि सम्बन्धित निकायले उचित कोषको व्यवस्था मिलाउन, हालसम्मको सबै खर्च मिनाह गर्न, मृतकको उचित दाह संस्कारको प्रवन्ध मिलाउन माग गरेकी हुन् । 

बैशाख २४ गते देखि बिरामी भएका उनको थप उपचारका लागि नजिकै पायक पर्ने अर्घाखाँची जिल्लाको छाँया पोलिक्लिनिकमा यहि बैशाख ३१ गते लगिएको थियो । सामान्य स्वास्थ्य जाँच भएपछि चिकित्सकको सल्लाह बमोजिम निमोनियाको समस्या देखिएको भन्दै एम्बुलेन्स मार्फत बैशाख ३१ गते रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना गरिएको उनकी श्रीमतिको भनाई छ ।  ‘‘त्यो बेला सम्म बोल्न, खान, र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा उहाँँहुनुथ्यो । बैशाख १ गते बिरामीलाई सघन उपचार कक्षमा भर्ना गरी सोही दिन बोनम्यारोमा जम्मा भएको पानी निकाल्ने प्रयोजनका लागि इन्जेक्सन प्रयोग गरिएको थियो । सो इन्जेक्सनका कारण बिरामी अत्यन्तै कमजोर भएको परिवारले महसुन गरेको उनले बताइन् ।

बैशाख २ गते परिवारजनकै आग्रहमा संक्रामक रोग कोभिड–१९ को आशंकामा स्वाब परिक्षणका लागि ल्याबमा पठाईयो । रिपोर्टमा कोरोना पोजेटिभ देखियो । तब बिरामीको थप स्वास्थ्य उपचार बन्द गर्नुका साथै आफन्त कुरुवालाई समेत भेटघाट बन्द गरी क्वारेन्टाइनमा पठाईएको निवेदनमा उल्लेख गरिएको छ । कोरोना बिशेष अस्पताल भैरहवा लैजान आग्रह गरि रह्यौँ ।’ अस्पतालले बिरामीको उचित हेरचाह नगरेको तथा कोरोना अस्पताल नै नलगी अमानवीय ढङ्गले बिरामी छटपटाई रहँदा पनि कसैले वास्ता समेत नगरेको उनको भनाई छ ।
अस्पतालमा रहेका अन्य बिरामीसँगै पीसीआर परिक्षण गरेकाले कतै भुलवस रिपोर्ट परिवर्तन भई कोभिड–१९ पोजेटिभ आएको होकी रु भन्ने आफुहरुको आशंका रहेको पनि उनले उल्लेख गरिन् ।

‘कोरोना पुष्टि भइसकेपछि किन कोरोना बिशेष अस्पतालमा नलगी सोही अस्पतालमा लामो समयसम्म राखियो’ उनले भनिन् ‘साधन स्रोत सम्पन्न प्रदेश राजधानी मै यसरी बिरामीलाई तड्पाएर मर्न बाध्य पार्नुको रहस्य के हो रु भन्दै प्रश्न गरिन् । ’ त्यस घटनाको यथार्थ बाहिर ल्याउन माग सहित जिम्मेवार प्रदेश प्रमुख मन्त्रीहरु भएको स्थानमा त यस किसिमका गम्भिर लापरवाही हुन्छ । दुरदराजमा रहेका नागरिकले कसरी सेवा प्राप्त गर्लान भन्दै चिन्ता समेत व्यक्त गरिन् । निजले उपचार गरेका स्थानहरु अर्घाखाँची र घर परिवारका सबैको स्वाब परिक्षण गर्न प्रदेश अस्पतालमा पठाईएको थियो । अर्घाखाँचीको छायाँ पोलिक्लिनिकका १० जना र उपचाररत क्रिमसन अस्पतालका १९ जनाको रिपोट नेगेटिभ आएको भन्दै आफ्नो श्रीमान् कोरोना भाइरस संक्रमणका कारण नभई अस्पतालको गम्भिर लापरवाहीका कारण मृत्यु भएको हो की भन्ने आशंकालाई थप यसले बल पुगेको बताईन् । बिना कारण कथित कोरोनाको नाममा नागरिकको बाँच्न पाउने अधिकारको हनन् गर्ने, नागरिकको जीवन माथि खेलवार्ड गरेको टुलुटुलु हेर्ने संघीय सरकार र प्रदेश सरकार प्रति दुःख समेत व्यक्त गरिन् । 

मृतककी श्रीमतिले निवेदन लिएर आउन नसकेपछि उनको निवेदन लिएर नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, स्थानीय राजेन्द्र प्रताप सेन, तरुण दल अध्यक्ष भरत भलामी, इस्मा गाउँपालिका वडाअध्यक्ष चुरा बहादुर खत्री लगायतले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई निवेदन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update