Shittalpati
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’

पाल्पा । कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।

अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको छ । अस्पतालले विरामीको आइसियुमा राखेर उपचार भइरहेको जनाएको छ ।’

विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सिर्जना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । उनको रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपचारकै क्रममा २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको हो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update