Shittalpati
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री

कृष्ण पोखरेल

पाल्पा । कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । केन्द्रले पठाएका सामग्री नेकपा केन्द्रिय सदस्य ठाकुर गैरेले नगर प्रमुख अशोक कुमार शाहीलाई हस्तान्तरण गरेका छन् । केन्द्रिय सदस्य गैरेले ५० प्याकेट पञ्जा, १ हजार थान पेपर माक्स, १५ सेट पिपिई, आधा लिटरको १ सय थान सेनेटाइजर,लगायतका सामग्री नगर प्रमुख शाहीलाई हस्तान्तरण गरे ।

नगर प्रमुख शाहीले नगर भित्र खटिएका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीलाई प्राथामिकता दिई स्वास्थ्य सामग्री वितरण गरिने बताए । यसै गरी उर्जा परामर्शदाता तानसेन नगरपालिका वडा नंं ९ का शंकर बस्यालले नगद १० हजार सहित २ वटा थर्मलगन सहयोग गरेका छन् । उर्जा परामर्शदाता बस्यालले आफ्नो जन्मस्थान मदनपोखरा, दमकडा र सराईमा ९ सय थान माक्स ६ लिटर सेनेटाईजर र ४ वटा थर्मलगन सहयोग गरेका छन् । कोरोना सक्रमणबाट बच्न विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था व्यक्तिहरुबाट तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री देखी आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update