Shittalpati
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update