Shittalpati
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री

कृष्ण पोखरेल

पाल्पा । जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।

जिल्लालाई कोरोना भाईरस सक्रमणको ग्रिन जिल्ला बनाउने अभियानका साथ जिल्लाका संघीय सासंद, प्रदेश सांसद तथा स्थानीय सरकार सक्रिय देखिएका छन् । प्रदेश पाँचका तराई क्षेत्रका ६ वटै जिल्लामा कोरोना सक्रमण बढ्दै गएकाले सिमामा रहेका जिल्ला उच्च जोखिममा रहेका परीक्षणलाई व्यापक बनाउने आवाज संघीय सांसद देखी जनस्तरसम्म उठ्दै आएको थियो । परीक्षणलाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्य सामग्री नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

सामग्रीको प्रयोगबाट जिल्लालाई ग्रिन जिल्ला बनाउन सकिने अभियानका साथ काम भएको नेता गैरेले बताए । उक्त स्वास्थ्य सामग्रीहरु कोरोना सक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सिफारिसमा आवश्यकता अनुसार प्रयोगमा आउने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानेले बताए । केन्द्रिय सदस्य गैरेले पिपिई ५० सेट, माक्स ४ हजार थान, पञ्जा १ हजार थान, सेनिटाइजर ५ लिटर, एन नाइनटी फाईव माक्स ८० वटा, पिसिआर किट २ सय ८८ वटा र आरडिटी किट १ हजार वटा कार्यालयलाई हस्तानतरण गरेका हुन ।

स्वास्थ्य सामग्री पाल्पा पठाउन संघीय सांसद दलबहादुर राना, सोम प्रसाद पाण्डे र गैरेले सक्रिय भूमिका खेलेका थिए । पाल्पा स्वाव परीक्षण तिव्रता दिने निर्यणसँगै हालै जिल्लामा १ सय ५० वटा स्वाव संकलन किट, ६ सय ४० वटा आरडिटी किट प्रदेश ५ सरकारले उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ६६ जनाको स्वाव र २ सय ५८ जनाको आरडिटी परीक्षण भईसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update