Shittalpati
नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो

काठमाडौं । आज पुनः एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण देखिएको हो । यससँगै नेपालमा १ सय १० जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । ती संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए । -रासस

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update