Shittalpati
पाल्पामा एक युवतीमा कोरोना आशंका, स्वाब परीक्षणका लागि बुटवल पठाइयो

पाल्पा, जिल्लाबाट कोरोना आंशकामा एक युवतीको स्वाब परीक्षणका लागि पठाइएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि युनाइटेड मिसन अस्पतालको आइसुलेसन वार्डमा भर्ना भएकी बगनासकाली गाउँपालिका ८ बराङ्दीकी २३ वर्षकी एक युवतीको स्वाब (घाँटीको खकार) परीक्षणलाई नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको हो ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखापरेकाले स्वाब परीक्षणलाई विहिबार प्रदेश प्रयोगशालामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । युवती रक्तचाप बढी भएको भन्दै बुधबार उपचारका लागि अस्पताल आएको युनाईटेड मिसन अस्पतालका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए । उनी तीन महिना अघि दुवैबाट घर आएकी थिइन् । ती युवती एक हप्ताको सुत्केरी रहेको स्थानीयले बताएका छन् । उनका सासु ससुरा पनि चैतको पहिलो हप्ता मुम्बईबाट आएको पाईएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update