Shittalpati
सिजि सिमेन्ट उद्योगमा कार्यरत कामदारको स्वाव परीक्षण

पाल्पा, जिल्लाको रिव्दीकोट सर्देवामा सन्चालन हुन लागेको सिजि सिमेन्ट उद्योगमा कार्यरत कामदारको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एलएमसी प्रभासले जनाएको छ । अन्दाजी ३४ वर्षका भारतीय नागरिक अनिलकुमार मण्डललाई चैत्र २९ गते ज्वरो आए पछि एलएमसी प्रभासमा उपचारार्थ भर्ना गरिएको थियो ।

चैत्र ३० गते उनको स्वाव परीक्षणका लागि खकार बुटवल पठाईएको थियो । अस्पताल स्रोतका अनसार वैशाख १ गते विहान मण्डलको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालमा भर्ना भई उपचार भई रहेका मण्डलको ज्वरो कम हुँदै गएको र उनलाई सोमवार डिस्चार्ज गर्ने तयारी भई रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update