Shittalpati
आज विश्व कुष्ठरोग दिवस मनाइदैं

पाल्पा, आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांकमा छ । कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । कुष्ठरोग दिवसको अवसर पारेर बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

हाल देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन्, जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५ सय ८४ कुष्ठरोगीहरु रहेका छन् । यहाँका रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताइएको छ । सबैभन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका बिरामीहरु रहेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १ सय ६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १ सय २१, नवलपरासी पश्चिममा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७/७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update